लियोको तीज टिकटक प्रतियोगीता सम्पन्न

नेपालगन्ज । लियो क्लब अफ नेपालगन्जको आयोजनामा अनलाईन तीज टिकटक प्रतियोगीता सम्पन्न भएको छ । साउन २२ गते देखि शुरु भएको प्रतियोगीता भदौको ४ गतेसम्म सञ्चालन भएको थियो । अनलाइन टिकटक प्रतियोगीतामा लाइक सेयर, प्रस्तुति र निर्णायकको निर्णय अनुसार विजयता निर्णय गरिएको थियो ।
लियो क्लब अफ नेपालगन्जको आयोजनामा सम्पन्न प्रतियोगीतामा ३७ जना सहभागि रहेका थिए र सहभागी सबैलाई सहभागीताको प्रमाण पत्र दिइएको कार्यक्रम संयोजक लियो समिक्षा बस्यालले बताउनुभयो ।
हाम्रो वेबटेकसँगको प्राविधिक समन्वयमा भएको कार्यक्रममा फेसबुक एनेलिटिक्सको माध्यमबाट लाइक।सेयर सर्भे गरिएको हाम्रो वेबटेकका एनेलिटिक्स संयोजक सुवास बुढाले बताउनुभयो ।
टिकटक प्रतियोगीतामा क्लब प्यानलको तर्फबाट लियो विष्णु जोशी, जिल्ला परिषद्को तर्फबाट लियो हिमाञ्चल बर्नवाल निर्णायकको भुमिकामा रहनुभएको संयोजक बस्यालले बताउनुभयो ।
कार्यक्रममा हेटौँडाकी मेनुका लामा ब्लन प्रथम र नेपालगन्जकी तारा रोकाया द्वितीय स्थान हात पार्न सफल हुनुभएको थियो ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Next Post

बाँकेमा कोरोनाबाट ३७ वर्षीय युवाको मृत्यु

२०७७ भाद्र ६, शनिबार १४:३६
Share on Facebook Tweet it Share on Google Pin it Share it Email -हाम्रो समाचार-नेपालगञ्ज, १० भदौःबाँकेमा कोरोनाबाट गएराती एक ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ निवासी ३७ वर्षीय पुरुषको गएराती १ बजेर ३० मिनेटमा […]

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »
0
Would love your thoughts, please comment.x
()
x