नेपालगञ्जमा स्वाब संकलन गर्ने भिटिएम किटको अभाव


-हाम्रो समाचार-

नेपालगञ्ज । बाँकेमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दा प्रयोग हुने भिटिएम अभाव देखिएको छ ।

स्वास्थ्य कार्यालयबाट पर्याप्त मात्रामा भिटिएम प्राप्त नभएपछि उपमहानगरपालिका आफैले खरिद गरि स्वाब संकलन गरेको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो ।

उप–महानगरपालिकाले वडाध्यक्ष सहित आठजना कर्मचारीको घरपरिवारका सदस्य र उनीहरुको सम्पर्कमा रहेका करिब दुईसय जनालाई स्वाब सङ्कलनका लागि मङ्गलबार कार्यालयमा बोलाएकोमा स्वास्थ्य कार्यालय बाँकेबाट ८० मात्रै भिटिएम उपलब्ध भएको थियो ।

उपमहानगरपालिकाले १२० किट भिटिएम आफैले खरिद गरि सङ्क्रमित ब्यक्तिका घर परिवारका सदस्य र उनीहरुको सम्पर्कका आएका ब्यक्तिहरुको स्वाब सङ्कलन गरिएको जनाएको छ । मंगलबार जनप्रतिनिधी, कर्मचारी र कोरोना संक्रमण देखिएका ब्यक्तिका घरपरिवारका सदस्य गरि १९८ जनाको स्वाब संकलन गरिएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Next Post

पूर्व गण्डकी बोर्डिङ्ग स्टुडेन्टस् एशोसिएशन र लियो नेपालगन्ज इनोभेटिभद्वारा हेल्थ किट वितरण

२०७७ श्रावण २१, बुधबार १५:४९
Share on Facebook Tweet it Share on Google Pin it Share it Email हाम्रो समाचार नेपालगन्ज। पूर्व गण्डकी बोर्डिङ्ग स्टुडेन्टस् एशोसिएशनको आयोजना र लियो क्लब अफ नेपालगन्ज इनोभेटिभको सहकार्यमा बुधबार बाँके जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । https://hamrosamachar.com.np/2515/#cHJhLmpwZw== बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ अन्तरगत रहेको […]

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »
0
Would love your thoughts, please comment.x
()
x