थुनुवामा कोरोना पुष्टि भएपछि कोहलपुर इलाका प्रहरी कार्यालय सिल

-हाम्रो समाचार-

नेपालगन्ज । हिरासत कक्षमा रहेका एकजना थुनुवामा कोरोना पुष्टि भएपछि बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालय सिल गरिएको छ ।

कार्यालयभित्रका आन्तरिक गतिविधिहरु सञ्चालन भएपनि अन्य काम कारवाही बन्द गरिएको कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार, इलाका प्रहरी कार्यालय मातहतका सम्पूर्ण कर्मचारी तथा प्रहरीहरुलाई जनसम्पर्कबाट बाहिर गरिएको छ । कालागि जिल्लाबाट प्रहरीको एक टोलीलाई कोहलपुर झिकाइएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी तथा थुनुवाहरुको स्वाब परीक्षण नभएसम्मका लागि कार्यालय भित्र जान र बाहिर आउन पूर्णरुपमा बन्द गरिएको छ । भोलीसम्म इलाका प्रहरी कार्यालय कोहलपुरका सबै प्रहरी, कर्मचारी तथा थुनुवाहरुको स्वाव सङ्कलन गर्ने तयारी भएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Next Post

नेपालगञ्जमा स्वाब संकलन गर्ने भिटिएम किटको अभाव

२०७७ श्रावण २०, मंगलवार १६:१६
Share on Facebook Tweet it Share on Google Pin it Share it Email -हाम्रो समाचार- नेपालगञ्ज । बाँकेमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दा प्रयोग हुने भिटिएम अभाव देखिएको छ । स्वास्थ्य कार्यालयबाट पर्याप्त मात्रामा भिटिएम प्राप्त नभएपछि उपमहानगरपालिका आफैले खरिद गरि स्वाब संकलन गरेको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख […]

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »
0
Would love your thoughts, please comment.x
()
x