कार्की भन्छन्ःजनताको काम गर्दा सङ्क्रमित भए पनि पीर छैन

-चन्द्र बोहरा

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० का कम्प्युटर अपरेटर पदम कार्कीले आफु सङ्क्रमित भएकोमा भन्दा जनताको स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्नु भएको छ ।
“जनताको काम गर्दा गर्दै मलाई कोरोना सङ्क्रमण भएपनि पीर छैन म स्वस्थनै छु पीर त मेरा जनताको स्वास्थ्यको छ कसैलाई पनि केहि नहोस् ।”, उहाँले हाम्रो समाचारसँग भन्नुभयो, “नआत्तिऔँ बरु सावधानी अपनाऔँ ।”

कोरोना रोकथामको अभियानमा अग्रभागमा रहेर काम गर्दै आउनु भएका कार्कीलाई वडाको काम गर्ने क्रममै सोमवार कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
जनताकै सुरक्षाका लागि काम गर्दागर्दै सङ्क्रमित हुनुपरेकोमा आफु कहि कतै दुःखी नभएको बताउँदै उहाँले जनताको सेवा अनि आफ्नो कत्र्तव्य पूरा गर्नेक्रममा आफु भाइरसको सङ्क्रमणमा परेपनि
वडावासीले सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।
“जनतालाई सुरक्षित बनाउनकै लागि आफ्नो जिउज्यानै जोखिममा राखेर यथासक्य सुरक्षित हुने प्रयास गरेकै हो तर, सङ्क्रमण भईहाल्यो”,उहाँले भन्नुभएको छ,“कोरोनासँग डराएर भागेर हुँदैन सँगसँगै लडेर पराजित गरि फर्किने छु ।”

नेपालगञ्जस्थित लायन्स डेन्टल अस्पतालमा रहेको आइसोलेशन केन्द्रमा स्वास्थ्य लाभ गरिरहनुभएका ३३ वर्षीया कार्कीले कोरोना सङ्क्रमणको जोखिम रहँदा रहँदै पनि जिम्मेवारी वहन गर्नेक्रममा सङ्क्रमण भए पनि आफुलाई कुनै दुःख नलागेको बताउनुभयो ।
“जनताको काम गर्ने क्रममा कोरोना लाग्यो, त्यसमा मलाई कत्ति चित्त दुखाई छैन, निको भएर छिटै जनताको काममा फर्किने छु”,कार्कीले भन्नुभयो,“समुदायमा कोरोना फैलिएकोले सबैजना सजक र सचेत हुन जरुरी छ ।”

कम्प्युटर अपरेटर कार्कीलाई कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयमा उच्च सतर्कता अपनाई सम्पर्कमा रहेका कर्मचारी र परिवारको स्वाब परीक्षणको तयारी भएको वडाध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो । वडा कार्यालय सिल गर्दा जनताले दुःख पाउन सक्ने भएकोले उच्च सतर्कता अपनाएर सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।

जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका पूर्ण रुपमा बन्द (सिल) गरिएको छ । जनप्रतिनिधि र कर्मचारी गरि आठजनामा कोरोना सङ्क्रमण देखिएपछि सोमबारदेखि उपमहानगरपालिका कार्यालय सिल गरिएको प्रमुख प्रशासकिय अधिकृत ओमबहादुर खड्काले जानकारी दिनुभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Next Post

बाँकेमा चार दिन थपियो निषेधाज्ञा

२०७७ श्रावण २०, मंगलवार १०:१७
Share on Facebook Tweet it Share on Google Pin it Share it Email -हाम्रो समाचार- नेपालगन्ज । बाँकेमा समुदायस्तरमै कोरोना देखिएपछि जारी भएको निषेधाज्ञा चार दिन थप भएको छ । समुदायस्तरमा कोरोना देखिएकाले जिल्लास्तरीय कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाट थप चार दिन निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी […]

You May Like

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »
0
Would love your thoughts, please comment.x
()
x