राँझामा सडकको दुबैतर्फ ट्याङ्कर पार्किङले दुर्घटनाको जोखिम - Hamro Samachar

राँझामा सडकको दुबैतर्फ ट्याङ्कर पार्किङले दुर्घटनाको जोखिम

0 0
पढ्दा लाग्ने समय:4 मिनेट, 16 सेकेन्ड


‘धेरै पटक हामीले ट्याङ्कर एक छेउमा मात्र रोक्न लगाउन अनुरोध गर्‍यौँ तर, हाम्रो कुराको सुनुवाई भएको छैन’ बुढाथोकीले भन्नुभयो,‘दुवैतर्फ रोक्दा सामान्य घटना त घटिरहेका छन् कुनैपनि बेला ठूलो दुर्घटना हुनसक्छ त्यसको जिम्मेवारी कस्ले लिने ?’

नेपालगन्ज–नेपालगन्ज उपमहानगर पालिका वडा नं. २० को राँझा एयरपोर्टको अति सम्वेदनशिल सडकमा अव्यवस्थित तरिकाले ट्याङ्कर पार्किङ गरिदा दुर्घटनाको जोखिम बढेको छ ।

सडकको दुवै किनारामा ट्याङ्कर पार्किङ गरिँदा एयरपोर्ट आयलनिगम चोकदेखि सम्झनाचोक सम्मको सडकमा अन्य सवारी साधन आवागमनमा अवरोध समेत भएको छ ।

सडकमा पार्किङ रहेको ट्याङकरको हावा खोल्ने प्रयास गर्दै वडाध्यक्ष कार्की ।

विगत लामो समयदेखि सडकको दुवैतिर ट्याङ्कर राखेर बोटामा आवत–जावतमा कठिनाई भईरहेको छ ।
ट्याङ्करले सडक जाम गर्दा सो क्षेत्रमा दुर्घटना घट्ने, चोरी हुनेगरेको स्थानीय कविन्द्र बुढाथोकीको गुनासो छ ।

‘धेरै पटक हामीले ट्याङ्कर एक छेउमा मात्र रोक्न लगाउन अनुरोध गर्‍यौँ तर, हाम्रो कुराको सुनुवाई भएको छैन’ बुढाथोकीले भन्नुभयो,‘दुवैतर्फ रोक्दा सामान्य घटना त घटिरहेका छन् कुनैपनि बेला ठूलो दुर्घटना हुनसक्छ त्यसको जिम्मेवारी कस्ले लिने ?’

समस्या समाधान नभएपछि स्थानीयले वडा नं. २० कार्यालयमा ट्याङकर पार्किङ हटाउन पहल गरिदिन अनुरोध गरेपनि ५ दिनसम्म पनि हटाउने सुरसार नभएपछि बिहीवार स्थानीय सडकमा आएर ट्याङ्करको हावा खोल्ने लगायतका गतिविधि गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का अध्यक्ष कृष्ण कार्कीले सडक किनारामा रोक्ने गरिएका ट्याङ्करलाई अन्यत्रै पार्किङको व्यवस्था गर्न नेपाल आयल निगम नेपालगन्जका प्रमुखसँग वारम्वार अनुरोध गरे पनि कार्यान्वयन नभएको बताउनुभयो ।
‘पसल व्यवसाय र घरै छेकिनेगरी ट्याङ्कर पार्किङ भएपछि स्थानीय आक्रोशित हुनु स्वभाविक हो ।’–वडाध्यक्ष कार्कीले भन्नुभयो,‘आज पहिलो चरणमा स्थानीयले सडकमा निस्किएर ट्याङ्करको हावा खोल्ने काम गरेका छन्, बेलैमा सम्वोधन नगरिए स्थिति असहज हुन सक्छ ।’

नेपाल आयल निगम नेपालगन्जका प्रमुख नवविनोद पोखरेलले सडकमा दुवैतर्फ ट्याङ्कर पार्किङ हुँदा हुने असहजताप्रति आफु सजक भएको बताउँदै बिहीवारबाटै दुईतर्फी पार्किङ गर्न नदिईने दावी गर्नुभयो ।

‘हाम्रो आफ्नै ११ कठ्ठा जमिनमा पार्किङ निर्माण भईरहेको छ, भदौ महीनामा पूरा होला’, उहाँले भन्नु्भयो,‘ तवसम्म एकतर्फी मात्रै ट्याङ्कर पार्किङ गर्न आग्रह गरिएको छ, सडकमा दुवैतर्फ पार्किङ गरेको पाईएमा कार्वाही गरिने छ ।’

रातीमा सडकको दुवैतर्फ पार्किङ गर्ने पाईएकोले त्यसो नगर्न नगराउन सुरक्षाकर्मी परिचालन गरिने उहाँले बताउनुभयो ।
कोरोना महामारी रोकथामका लागि जारी भएको लकडाउनले आयलनिगमको पार्किङको निर्माण कार्य नसकिएकोले अहिले ट्याङ्कर पार्किङमा समस्या देखिएको उहाँको भनाई छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Social profiles
Translate »
0
Would love your thoughts, please comment.x
()
x