भाटभटेनीको फोहर बोक्ने रिक्सा वडा नं.२० को नियन्त्रणमा - Hamro Samachar

भाटभटेनीको फोहर बोक्ने रिक्सा वडा नं.२० को नियन्त्रणमा

0 0
पढ्दा लाग्ने समय:1 मिनेट, 31 सेकेन्ड

नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा रहेको भाटभटेनी सुपर स्टोरको फोहरमैला वडा नं. २० को डुडुवा नालामा विसर्जन गर्न लैजानेक्रममा बुधवार नियन्त्रणमा लिईएको छ ।

फोहर विसर्जनको जिम्मा लिएको सिर्जनसिल बङ्गुर पालन फर्मका सञ्चालक छविलाल भण्डारीले भे १ ह १५३३ र भे १ ह १२८८ नं. को दुई थान रिक्शामा लोड गरेर डुडुवातर्फ जानेक्र,ममा वडा नं. २० को राँझा चोकबाट वडा नं. २० का जनप्रतिनिधिले नियन्त्रणमा लिएका हुन् ।

नियन्त्रणमा लिईएको रिक्सामा रहेको फोहर नेपालगन्ज उपमहानगरपालिकाको फोहर फाल्ने गाडी मगाएर डम्पिङसाईटमा पठाईएको वडाध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, नियन्त्रणमा लिईएका दुईथान रिक्सा २० नं. वडा कार्यालयले रु. २० हजार जरिवाना गरेर छोडिएको छ ।
भाटभटेनी सुपर स्टोरको फोहर धेरैपटक वडा नं.२० को राँझा चोकस्थित सद्भाव बाटिका छेउछाउमा फाल्ने गरेको पाईएकोले अव आईन्दा नफाल्न सचेत गराईएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Social profiles
Translate »
0
Would love your thoughts, please comment.x
()
x