–हाम्रो समाचार–
नेपालगन्ज । ९६ हजार ३ सय घुससहित घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत अधिकृत हुकुमबहादुर ओलीलाई अख्तियारले रङ्गेहात पक्राउ गरेको छ ।
सेवाग्राहीसँग ठेक्काको लाईसेन्स बनाईदिने बाहनामा घुस लिने क्रममा ओलीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो ।
घटनास्थलको मुचुल्का गरि आवश्यक अनुसन्धानको लागि अधिकृत ओलीलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।