नेपालगन्ज ७ मा वडा भेला

–चन्द्र बोहरा–

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ ले आज वडा भेला गरेको छ । वडा भेलामा आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा योजना छनौट सहितका छलफलहरु भएको वडाध्यक्ष जुम्मन खाँले जानकारी दिनुभयो ।

करिव ६५ लाखको बजेट सिलिङ पाएकाले बजेटको सिमितता भित्र योजना बनाउनुपर्ने बाध्यता रहेको वडा अध्यक्ष जुम्मन खाँले बताउनु भयो । विकासका लागि वडामा गठन भएका टोल विकास समितिमार्फत योजना छनौटको काम भइरहेको छ ।

कार्यक्रममा नेकपा नेपालगन्ज उपमहानगरपालिका कमिटी अध्यक्ष डिल्ली बराल, वडा नं. ७ का नेता प्रशान्त श्रेष्ठ लगायतले स्थानीय योजना छनौटमा वडावासीहरुका समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए ।

कोभिड–१९को विषम महामारीका कारण ढिलागरी भएको वडा भेला तथा छलफलमा सहभागी भएकाहरुले आ–आफ्ना योजनाहरु प्रस्तुत गरेका थिए । सामाजिक दुरी र उपस्थित संख्यालाई ख्याल गर्दै कार्यक्रम आयोजना गरिएको थियो ।

छलफल भेलामा विभिन्न राजनीतिक दल, सर्वसाधारण र विभिन्न कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x