मैले नेकपा छोडेको छैनःपट्टर

–हाम्रो समाचार–

नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपालगन्ज–२० का नेता एवम् निर्वाचित वडासदस्य नन्दकुमार बर्मा (पट्टर)ले नेकपा नछोडेको बताउनुभएको छ ।

No description available.

आज पत्रकार सम्मेलनको आयोजना गरी उहाँले आफ्नो राजनीतिक चरित्र हत्या गर्न विरोधी पार्टीले नेकपा छोडेको भन्दै गलत प्रचार गरेको दावी गर्नुभयो । ‘मैले नेकपा छोडेको होईन पार्टीमै क्रियाशिल छु,सम्मान गर्ने सन्दर्भमा खिचिएको तस्वीरलाई पार्टी प्रवेश गरेको भनेर गलत प्रचार गरिएको हो त्यसमा मेरो गम्भीर आपत्ति छ’–बर्माले भन्नुभयो –‘म कम्युनिष्ट पार्टीको कार्यकर्ता हुँ, जनताले विश्वास गरेको जनप्रतिनिधि हुँ, पार्टी परिवर्तन गर्ने कुरै आउँदैन ।’

वडा नं.२० मा नेकपाको राम्रो प्रभाव रहेकोले त्यसमा चलखेल गर्न जनप्रतिनिधिले पार्टी छोडेको हल्ला चलाएको हुनसक्ने उहाँले बताउनुभयो । नेकपाले विश्वास गरेर जनप्रतिनिधि बनाएको बताउँदै नेता पटहरले पार्टी र जनताको विश्वासमा कमी आउन कदापी नदिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

No description available.

‘म नेकपामै रहेर पार्टी र जनताका काममा खटिदै आएको छु, पार्टीसँगको सम्वन्ध विगार्दै राजनीतिक चरित्र हत्या गर्न खोज्नु राजनीतिक अपराध हो’,बर्माले भन्नुभयो,‘पार्टी र मेरो बदनाम गर्न विरोधी पार्टीले नेकपा छोडेको हल्ला चलाएका हुन् त्यसमा भ्रममा नपर्न म सबैमा अनुरोध गर्दछु ।’

नेकपा नेपालगन्ज उपमहानगर कमिटी सदस्य एवम् नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० का अध्यक्ष कृष्ण कार्कीले वडामा नेकपाको लोकप्रियता देख्न नचाहने विरोधी पार्टीहरुले वडा सदस्य नन्दकुमार बर्मालाई पार्टी छोडेको हल्ला चलाएको बताउनुभयो ।

नेकपाका कार्यकर्ता पार्टी र जनताप्रति इमान्दार हुने उल्लेख गर्दै अध्यक्ष कार्कीले वडासदस्य बर्मा नेकपामै रहेर पार्टी र जनताको काममा क्रियाशिल रहेको प्रष्ट पार्नुभयो । उहाँले वडा नं. २० मा नेकपाबाट निर्वाचित जनप्रतिनिधिले जनचाहना वमोजिम काम गरिरहेको दावी गर्नुभयो ।

No description available.

नेकपा वडा नं.२० का अध्यक्ष विश्वनाथ बर्मा (विश्राम)ले नेकपाका कार्यकर्ताहरु बैचारिक र सैद्धान्तिक रुपमा प्रतिवद्ध हुने भएकोले कुनै लोभ लालचमा परेर पार्टी छोड्ने कुरा कल्पना गर्न नसकिने बताउनु भयो । कसैले लोभ देखाएर नेकपाका कार्यकर्तालाई पार्टी प्रवेश गराउने कल्पना गर्नु दिवास्वपन मात्र हुने उहाँको भनाई छ ।

नेकपा वडा नं. २० का सचिव जग्गबहादुर छत्याल (जीवन)ले नेकपा कार्यकर्तामा राजनीतिक र बैचारिक इमान्दारिता हुने भएकोले कसैले लोभ देखाउदैमा उच्काउदैमा पार्टी छोड्ने कुरा नहुने बताउनुभयो ।

नेपालगन्ज वडा नं. २० मा नेकपाको लोकप्रियता देख्न नसक्ने विरोधि शक्तिहरुले पाइला पाइलामा चेक गरिरहेकोले वडाका पार्टी सदस्य र शुभचिन्तकहरु सजक रहन आग्रह गर्दै उहाँले पार्टीको कुप्रचार गर्दै, कार्यकर्ताको मनोवल गिराउने कार्य नगर्न चेतावनी दिनुभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x