वडा नं. १९ मा महिला स्वास्थ्य स्वयमसेविकालाई साईकिल

–हाम्रो समाचार–
नेपालगन्ज–नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ वसुदेवपुरले महिला स्वास्थ्य स्वयम्सेविकालाई साईकिल प्रदान गरेको छ ।

सोमवार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडाध्यक्ष परसराम कुर्मी र वडा सचिव तेजिन्द्र रोकायले वडाका महिला स्वास्थ्य स्वयम्सेविकालाई साईकिल प्रदान गर्नुभएको हो ।
वडा कार्यालयको रु. ७७ हजार बजेटमा वडाका ११ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई एक÷एक थान साईकिल प्रदान गरिएको वडा सचिव रोकायले बताउनुभयो ।

कोरोना महामारीको जोखिमपूर्ण अवस्थामा अग्र पङ्तिमा रहेर काम गरिरहनुभएका महिला स्वास्थ्य स्वयम्सेविकाले साईकिल पाउँदा खुशी व्यक्त गर्नुभएको बसुदेवपुर स्वास्थ्य चौकीका प्रमुख सुनिलरत्न बज्राचार्यले उल्लेख गर्नुभयो ।

वडाध्यक्ष परसराम कुर्मीले वडावासीलाई स्वास्थ्य सेवा दिन वडा कार्यालय सदैव तत्पर रहेकोले स्वास्थ्यमा संस्थागत विकासको लागि आफु सदैव प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x