कृषि कर्म गर्दै जयजनताका शिक्षक विद्यार्थी

–चन्द्र बोहरा–

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २० मनिकापुरस्थित जयजनता माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक कृषि कर्ममा जुटेका छन् ।

कृषि प्राविधिक धार अन्तर्गत कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी र शिक्षकको सहकार्यमा दुई विगाह जग्गामा भान्टा, गोलभेडा, भिण्डी, लौका, मूलालगायतका प्रजातीका मौसमी तथा बेमौसमी तरकारी खेती लगाएका छन् ।

विद्यार्थीमा खेतीपाती सम्बन्धी काम गर्ने र कृषि पेशालाई सम्मान गर्ने क्षमताको विकासका लागि कृषि सम्बन्धी विषयलाई स्थानीय पाठ्याक्रमका रुपमा समाबेश गरेर खेती सुरु गरिएको प्रधानाध्यपक रामबहादुर पाण्डेले बताउनुभयो ।

गोलभेँडा, खुर्सानी लगायतका बालीनालीले विद्यालयको जग्गा हरियाली भएको छ । उत्पादित तरकारी गाउँका अभिभावक र स्थानीयलाई सस्तो दरमा बिक्री वितरण गरिदै आएको छ । अहिले प्रतिमहिना तरकारी बेचेर रु. १० हजार बढिको आम्दानी हुनेगरेको छ । उक्त रकमले मल र बीउ खरिद गर्ने गरिएको प्रधानाध्यापक पाण्डेले जानकारी दिनुभयो ।

उत्पादन भएका तरकारी विद्यालयबाटै बिक्री हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जङ्गबहादुर छत्याल (जीवन) ले जानकारी दिनुभयो । कृषि धारमा कक्षा ९–१२ सञ्चालनार्थ तयार पारिएको कृषि बिषयले विद्यालयको आम्दानीको श्रोतको रुपमा लाभ दिन थालेको उहाँले बताउनुभयो ।

कृषिकर्मवारे जानकारी दिदै विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन छत्याल ।

उहाँका अनुसार, कृषि विषयको पाठ्यक्रम कार्यान्वयनले विद्यार्थीमा व्यवसायीक कृषि पेशा गर्ने दक्षताको बिकास गरेको छ, भने अभ्यासकाक्रममा छात्र÷छात्राले लगाएको खेतीले कृषि फर्मको झल्को दिएको छ । कक्षाको घण्टी अनुसार बालीनाली लगाउने, हेरचाह गर्ने, गोडमेल गर्ने र टिप्ने रुटिन मिलाइएको छ ।

छात्र÷छात्रालाई जेटिए अध्यायन गरेका स्थानीय, अगुवा कृषिक तथा स्वयं विद्यालयका शिक्षकबाट पढाउने व्यवस्था मिलाइएको छत्यालले जानकारी दिनुभयो । वि.सं. २०४३ सालमा स्थापना भएको जय जनता माध्यमिक विद्यालयमा ८ सय बढि विद्यार्थी अध्ययनरत रहेका छन् ।

कृषिकर्मवारे जानकारी दिदै विद्यालयका प्रधानाध्यापक रामबहादुर पाण्डे ।

गतवर्ष ४ विगाह जमिनमा विद्यालयले कृषि धार सञ्चालन गरेको हो । अहिले कक्षा ९ र १० मा अध्ययनरत ४५ विद्यार्थीले २ विगाह जमिनमा तरकारी खेती हुँदै आएको छ ।

उक्त विद्यालयलाई कृषि धार पढाई सञ्चालनको लागि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० ले चालु आर्थिक वर्षमा रु. १५ लाख वजेट विनियोजन गरेको छ । २ थान मिनि टेक्टर खरिद, बोरिङको लागि र शिक्षकको पारिश्रमिकमा खर्च हुने गरी वजेट विनियोजन गरिएको वडाध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x