छोराको जन्मदिनमा डा. शाहद्वारा अपाङ्गलाई आवास निर्माणमा सहयोग - Hamro Samachar

छोराको जन्मदिनमा डा. शाहद्वारा अपाङ्गलाई आवास निर्माणमा सहयोग

0 0
पढ्दा लाग्ने समय:2 मिनेट, 42 सेकेन्ड

–चन्द्र बोहरा–
नेपालगञ्ज । नेपालगञ्जस्थित एच.सी.आर.सी. अस्पताल तथा कप्तान कृषि फर्मका अध्यक्ष डा.कुमारशान शाहले आफ्नो छोरोको जन्मदिनका अवसरमा तीन जना अति बिपन्न दलित तथा पूर्ण शारीरिक अपाङ्ग व्यक्तिलाई आवास निर्माणमा सहयोग गर्नुभएको छ ।

नेपालञ्ज उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष कृष्ण कार्कीको अनुरोधमा गायत्रीनगर नयाँवस्तीमा बसोबास गर्ने सुकुम्वासी अति बिपन्न दलित तथा पूर्ण शारीरिक अपाङ्गता रहेका गलसाकुमारी कामी, मानकुमारी नेपाली र रामसिला कामीलाई आवास निर्माणमा सहयोगको लागि २५ हजारका दरले ७५ हजार रुपैया डा. शाहले आज एक समारोहका बीच प्रदान गर्नुभएको हो ।

छोरा शोर्णजङ्ग शाहको जन्मदिनको अवसर पारेर स्थानीय गाउँको बिपत्तीमा अस्पताल र कृषि फार्मको तर्फबाट सहयोग गर्ने मौका पाएकोमा खुशी लागेको बताउँदै उहाँले भन्नुभयो, कोहि ठुलोबडो भन्ने नसोच्नु होस, यस ठाऊमा बस्ने हामी सबै एक हौ परेको बेलामा सहयोगको आदान प्रदान गर्नु पर्छ भन्ने भावना हामी सबै गाऊलेमा बिकास होस भन्ने चाहन्छु ।

वडाध्यक्ष कृष्ण कार्की, सदस्य चक्र बुढा लगायत स्थानीयवासीको उपस्थिति रहेको समारोहमा उहाँले वडा कार्यालय सँग सधै समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो । आफ्नो अनुरोधलाई स्वीकार गरी आवास निर्माणमा सहयोग गरेकोमा वडाध्यक्ष कार्कीले वडा कार्यालयको तर्फबाट डा. शाहलाई धन्यवाद व्यक्त गर्नुभयो ।

डा. शाहले आजै निलसागर असहाय,अशक्त तथा जेष्ठ नागरिक सहायत केन्द्र नेपालगञ्जमा रहनु भएको बालबालिका,बुवाआमा हरुको लागि खाजा तथा खाद्यान्नको सहयोग गर्नुभएकोछ । सो अवसरमा उहाँले एचसीआरसी अस्पतालबाट निलसागरमा रहनु भएका महिलाहरुको स्वास्थ्य सेवा निःशुल्क गर्ने कार्य निरन्तर रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Social profiles
Translate »
0
Would love your thoughts, please comment.x
()
x