बाँकेको जानकीमा पनि देखियो कोरोना

–हाम्रो समाचार–
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक ४० जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

भेरी अस्पताल नेपालगञ्जको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा जानकी गाउँपालिका वडा नं. १ का ४० जनाको रिपोर्ट पोजेटिभ आएको हो । सङ्क्रमितहरु सबै १५ देखि ३२ वर्षीय युवा रहेका छन् ।
बाँकेमा आजै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ र १५ मा एक–एक जना गरी दुईजना सङ्क्रमित थपिएका छन् । यो सहित बाँकेमा सङ्क्रमितको सङ्ख्या दुई सय ५५ पुगेको छ ।

गत वैशाख १९ गते पहिलो पटक बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमण देखिएको थियो । नेपालगञ्जबाट शुरु भएको सङ्क्रमणको क्रम नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा,बैजनाथ हुँदै जानकी गाउँपालिकासम्म फैलिन पुगेको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x