बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाईते

–हाम्रो समाचार–
नेपालगन्ज । भारतबाट फर्किएका नागरिकलाई घर पु¥याउँदै गरेको हायस मिनीबस गएराती बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा रोकिराखेको टङकसँग ठोक्किदा १२ जनाको मृत्यु भएको छ ।

नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस मिनिबस रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गएराती करिब १२ बजे ठोक्किएको थियो । दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिका –२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते हुनुभएको छ । बसमा ३३ जना सवार रहनुभएको प्रहरीले जनाएको छ । घाइतेहरुको भेरी अस्पतालमा उपचार भैरहेको छ ।

मृत्यु भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ । उनीहरुको सनाखतको काम भैरहेको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x