लकडाउन जेठ ३२ सम्म लम्बियो, असार १६ सम्म विमानस्थल बन्द - Hamro Samachar

लकडाउन जेठ ३२ सम्म लम्बियो, असार १६ सम्म विमानस्थल बन्द

0 0
पढ्दा लाग्ने समय:1 मिनेट, 23 सेकेन्ड

–हाम्रो समाचार–

काठमाडौं । सरकारले जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान र सिमा नाका असार १६ गतेसम्म बन्द गर्ने पनि निर्णय गरेको छ ।

पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसअनुसार मन्त्रिपरिषदले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई प्राथमिकताका आधारमा ल्याउने कार्ययोजना पनि स्वीकृत गरेको छ ।

विदेशमा अलपत्र रहेका नेपालीले उनीहरु रहेको देशस्थित नेपाली दुतावासमा नाम दर्ता गराउनु पर्नेछ । त्यसपछि उद्दार गरेर ल्याइएकाहरूलाई काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेपछि मात्र आ–आफ्नो जिल्ला पठाउने योजना रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
5 1 vote
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Basanta Basnet

जेठ ३२ सम्म लम्बियो?

Social profiles
Translate »
1
0
Would love your thoughts, please comment.x
()
x