बाँकेमा डुडुवाका १० जना सङ्क्रमित थपिए


हाम्रो समाचार
नेपालगन्ज, जेठ १६ । बाँकेमा आज फेरि १० जना सङ्क्रमित थपिएका छन् । यो सँगै बाँकेमा सङ्क्रमितको सङ्ख्या १८१ पुगेको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा डुडुवा गाउँपालिकाका १७ देखि ४१ वर्षका १० जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाँकेमा हालसम्म सङ्क्रमितको सङ्ख्या १ सय ८१ पुगेको छ । यी मध्ये २७ जना निको भएर घर फर्केका छन् । आजमात्रै नरैनापुरका तीनजना दाङ स्थित आइसोलेशन अस्पतालमा निको भएर घर फर्किदैछन । नरैनापुरमा एक जनाको भने मृत्यु भइसकेको छ ।

देशभर आज थप १ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सँगै देशभर कुल संक्रमित १ हजार २ सय १२ पुगेका छन् । २ सय ६ जना निको भएर घर फर्कंदा ६ जनाको मृत्युु भइसकेको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x