Advertisement Banner Space (728x90)

**Call 9848029950 for Ads**
Breaking News Nepal

निर्धारित समयभन्दा अगावै तयार नेपालगन्ज विमानस्थल टर्मिनल भवन

by basanta on | 2025-11-11 12:52:32

Share: Facebook | Twitter | Whatsapp | Linkedin Visits: 104


निर्धारित समयभन्दा अगावै तयार नेपालगन्ज विमानस्थल टर्मिनल भवन

नेपालगञ्ज – राँझा विमानस्थलको नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना अगावै निर्माण सम्पन्न भएको छ। विसं २०७९ पुसमा सुरु भएको तीन वर्षे निर्माण कार्य २०८२ पुसमा पूरा हुने तालिका रहेको भए पनि, निर्माण कम्पनीले समय भन्दा अघि नै भवन निर्माण सम्पन्न गरेको राँझा विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी दिए।

उनका अनुसार, भवन निर्माण सम्पन्न भए लगत्तै केही दिनभित्रै निर्माण पक्षले नयाँ भवन नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गर्नेछ। त्यसपछि प्राधिकरणको विज्ञ टोलीले स्थलगत अनुगमन गर्नेछ।

आयोजना प्रमुख थापाले बताए अनुसार, “अनुगमनपछि पुरानो टर्मिनल भवनमा रहेको एक्स-रे मेसिनलगायत आवश्यक उपकरण नयाँ भवनमा सारिएपछि १५ दिनभित्र नयाँ भवनबाट सेवा सुरु हुनेछ। नयाँ भवन अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएकोले आन्तरिक र अन्तर्राष्ट्रिय उडान दुवैका लागि उपयुक्त छ।”

भवन निर्माणमा भ्याट बाहेक कुल लागत रु २ अर्ब ७४ करोड २० लाख १८ हजार ९९३ भएको छ। नयाँ टर्मिनल भवन सेमी-बेसमेन्टसहित तीन तलेको छ। बेसमेन्ट भागलाई कमर्शियल प्रयोजनका लागि निर्माण गरिएको छ, जहाँ २४ वटा पसल रहनेछन्।

भवनको भित्री संरचना अनुसार यात्रु जाँच कक्ष १४, भिआइपी रुम तीन, चिल्ड्रेन प्लेइङ एरिया एउटा, भन्सार र क्वारेन्टाइन जाँचका लागि अलग कोठा निर्माण गरिएको छ। भविष्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने सम्भावनालाई ध्यानमा राख्दै घरेलु र अन्तर्राष्ट्रिय यात्रुका लागि अलग ढोका बनाइएको छ। नयाँ भवनमा घण्टा ६२८ यात्रु क्षमतासमेत रहेको छ।

टर्मिनल परिसरमा बगैँचा, ५–१४ मिटर फराकिलो बाटो, ढल निकास र पानी निकासका लागि उचित नाला निर्माण गरिएको छ। साथै, एप्रोन (जहाज पार्किङ) क्षेत्र तयार गरिएको छ, जसमा एटिआर–७२ जहाज ३ वटा र ट्विनअटर जहाज ५ वटा एकै समयमा पार्क गर्न सकिन्छ।

नयाँ टर्मिनल भवनले नेपालगञ्ज विमानस्थलको सेवामा गुणात्मक सुधार गर्दै यात्रु र उड्डयन दुवैको सुविधा बढाउने अपेक्षा गरिएको छ।


Leave a Comment