Advertisement Banner Space (728x90)

**Call 9848029950 for Ads**
राजनीति Economy

झाँक्री र किसानसहितका नेता कार्यकर्ता एमाले फर्किए

by admin on | 2025-11-10 20:02:02 Last Updated by admin on2026-01-19 21:09:12

Share: Facebook | Twitter | Whatsapp | Linkedin Visits: 85


झाँक्री र किसानसहितका नेता कार्यकर्ता एमाले फर्किए

एमालेले आव्हान गरेको ‘घर फर्क अभियान’ अन्तरगत पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई नेकपा (एमाले) ले पुनः पार्टीमा स्वागत गरेको छ । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन ।

राष्ट्रिय सभा गृहमा सोमबार आयोजित विशेष समारोहबिच एमाले अध्यक्ष ओलीले नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठलाई पार्टीको झण्डा प्रदान गर्दै घरमा स्वागत गरेका हुन ।

कार्यक्रममा एकीकृत समाजवादीबाट एमाले फर्केका नेताहरूले प्रतीकात्मक रूपमा एकीकृत समाजबादी पार्टीको चुनाव चिन्ह ‘कलम’ अध्यक्ष ओलीलाई बुझाएका थिए । पार्टी प्रवेश कार्यक्रममा एमाले छाडी एकीकृत समाजवादीतर्फ लागेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला तहका नेता तथा कार्यकर्ताहरू ठुलो सङ्ख्यामा एमालेमा फर्केका छन् । कार्यक्रममा फर्किएका नेताहरूको नाम सार्वजनिक गरिएको छ ।


पार्टीका शीर्ष नेताहरूले यो अभियानलाई सङ्गठनभित्र पुनः एकताको सुरुवातका रूपमा व्याख्या गरेका छन् । अध्यक्ष ओलीले एमालेमा फर्किएकाहरूलाई उत्साहपूर्वक स्वागत गरे ।

राष्ट्रिय सभा गृहमा आज देशभरबाट आएका नेता तथा कार्यकर्ताको उपस्थितिले खचाखच भरिएको थियो । कार्यक्रम स्थलमा ‘घर फर्क अभियानमा स्वागत छ’ लेखिएका ब्यानर र झण्डाहरूले उत्सवमय वातावरण सिर्जना गरेका थिए ।


Leave a Comment